१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्युठानमा रात्री बस दुर्घटनाः ५ जनाको मृत्यु, २५ घाइते

३० वैशाख, प्यूठान । प्युठान जिल्लाको प्याकुरी भन्ने स्थानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्युठान आउँदै गरेको ना ४ ख १८७६ नम्बरको बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एक जनाको उपचारका क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार ०६:४५