१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

इन्डोनेसियामा बाढी : राष्ट्रपति भवनसहित राजधानी जलमग्‍न, ३ सय परिवार घरबारविहीन

१४ फागुन, जाकर्ता । इन्डोनेसियाको राजधानी जाकर्तामा अत्याधिक वर्षासँगै आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । हजारौं घर तथा व्यवसायीक भवन साथै राष्ट्रपतीय भवन जलमग्न छ । यस्तै यातायात आवतजावत समेत विच्छेद भएको बीबीसीले समाचारमा जनाएको छ ।

रातभर आएको वर्षाले राजधानी जाकर्ता जलमग्न भएको हो । यहाँका नदीमा पानी तह बढेर बस्तीमा बाढी पसेको हो । सरकारी अधिकारीहरुका अनुसार मंगलबार बिहान राष्ट्रपति भवन समेत जलमग्न भएको हो ।

तर अवस्था नियन्त्रण बाहिर गइनसकेको राष्ट्रपति कार्यालयका अधिकारीहरुको भनाइ छ । बाढीका कारण ३ सय परिवार घरबारविहीन भएका छन् । विद्युत् सेवा र यातायात सेवा पनि ठप्प भएका छन् । मौसम विभागका अधिकारीहरुका अनुसार इन्डोनेसियामा अझै दुई साता वर्षा पर्ने अनुमान गरिएको छ । –एजेन्सी

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०७:४९