१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढाउन सकेनः प्रधानमन्त्री ओली

२६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढाउन नसकिएकाे  बताउनुभएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खासगरी आयोजना कार्यान्वयनको गति, न्यून पुँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा ढिलासुस्ती भइरहेकाले विकास निर्माणको काम सोचेजस्तो नभएको बताउनुभएको हो ।

फाइल फाेटाे

‘उपलब्धि हुँदै नभएका होइनन्, तर सन्तोषजनक भएन, काम ढिला भयो, पुँजीगत खर्च ज्यादै न्युन भयो, हामीले जुन गतिमा जान थालेका थियौ, त्यसो हुन सकेन ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको उहाँले ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थमा समस्या रहेको भन्दै बैठकमा धेरै बोल्नुभएन । उहाँले आफ्नो तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गर्ने जानकारी गराउदै बैठकबाट बाहिरिनुभएको थियो ।

प्रकाशित मिति : 19:06