२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

विजय गच्छदारका लागि कांग्रेसले आज पनि संसद चल्न दिएन, माघ २८ सम्मका लागि बैठक स्थगित

२६ माघ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि उपसभाति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारका लागि संसदको बैठक अबरूद्ध पारेको छ । कांग्रेसले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उभिएर बिरोध जनाएपछि सभामुख अग्नि सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे ।

फाइल फाेटाे

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसहित १७५ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले लगातर तेस्रो पटक संसदको कारबाहीमा अबरोध पुर्याएको हो । उसले नेकपाका नेताहरू जोगाएर कांग्रेसका नेताहरूलाइ मात्र भ्रष्टाचारको मुद्दा चलाएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति : February 9, 2020 at 2:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/