माअोवादी मन्त्रीको गुनासो प्रचण्डले सुनाए अोलीलार्इ
२७ वैशाख, काठमाडाैँ । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
.प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले संसदीय दलकाे बैठकमा पार्टीका तर्फबाट मन्त्रीहरूले गरेको गुनासाहरू समेत अोली समक्ष राखेका थिए ।
पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताउनुभयो ।
प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार ०६:२१