१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कानुन व्यवसायी परिषद्‌मा डा. ज्ञवालीसहित नेकपानिकट ४ व्यवसायी विजयी (मतसहित)

२५ माघ, काठमाडाैँ । नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदमा नेकपा निकट डा चन्द्रकान्त ज्ञवालीसहित सात जना सदस्य विजयी भएका छन । सात पदका लागि १४ जनाले प्रतिस्पर्धा गरेका थिए । नेकपा निकटका चार जना व्यवसायी र कांग्रेस निकटका तीन व्यवसायी काउन्सिलरमा विजयी भएका छन ।

नतिजा अनुसार प्रदेश १ बाट काउन्सिलरमा अधिवक्ता प्रेमप्रसाद पोखरेल, प्रदेश २ बाट अधिवक्ता श्यामकुमार मिश्र, बाग्मती प्रदेशबाट डा चन्द्रकान्त ज्ञवाली, गण्डकी प्रदेशबाट अधिवक्ता मुकुन्दराज अर्याल, प्रदेश ५ बाट अधिवक्ता बाबुराम पाण्डे, कर्णाली प्रदेशबाट अधिवक्ता रामबाबु बिसी र सूदूर पश्चिम प्रदेशबाट अधिवक्ता प्रकाश बहादुर पाण्डेय रहेका छन ।

जसमध्ये प्रदेश १ बाट विजयी पोखरेल, बाग्मतीबाट विजयी ज्ञवाली, कर्णालीबाट विजयी बिसी र सुदुरपश्चिम प्रदेशबाट विजयी पाण्डेय नेकपा निकट हुन भने । प्रदेश २ बाट विजयी मिश्र, गण्डकीबाट विजयी अर्याल र प्रदेश ५ बाट विजयी पाण्डे कांग्रेस निकट कानुन व्यवसायी हुन । निर्वाचनमा बृहत् प्रगतिशील एवं समावेशी समूह र  लोकतन्त्रवादी कानून व्यवसायी समूह भनेर व्यवसायीले सहभागिता जनाएका थिए ।

काउन्सिलरको कार्यकाल पाँच वर्षको हुनेछ । परिषद्मा १३ जना सदस्य रहनेछन । महान्यायाधिवक्ता अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एक/एक जना पाषद् सदस्य गरी सात जना बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् रहने कानूनी व्यवस्था छ । परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।

निर्वाचनमा कसले कति मत प्राप्त गरेका छन तल हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : 22:09