२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेस नेता गच्छदारको गुनासो, मसँगै पैसा छैन ९ करोड कसरी खोजुँ ?

२४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले आफूसँग पैसा नभएको भन्दै गुनासो गरेका छन । बालुवाटार जग्गा प्रकरणमा एउटा अभियुक्त रहेका गच्छेदारले शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै आफूसँग ९ करोड नरहेको बताए । उनले भने ‘मसँगै पैसा छैन ९ करोड कसरी खोजुँ ?’

उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको दाबी पनि गरे । उनले अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको गुनासो गरे । गच्छेदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए । ‘यो पार्टीको विषय हो। पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा भएको छ ।’

 

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार २२:२७