१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

जिउँदै मान्छे जलाउने कांग्रेस नेता आलमले जेलमै बसेर मुद्दा लड्नुपर्ने, बाहिर निस्कने प्रयास असफल

२९ कात्तिक, काठमाडौं । इँटा भट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता मोहम्मद अफताब आलमले जेलमै बसेर मुद्दा लड्नुपर्ने भएको छ । जिल्ला अदालत रौतहटको आलामलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशका विरुद्ध उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा निवेदन दिएका आलमको माग अस्वीकार भएको हो ।

पीडित पक्षका तर्फबाट मुद्दाका बहस गरिरहेका पूर्वमहान्यायाधीवक्ता डा युवराज संग्राैलाले समाजिक सञ्जाल मार्फत आलमले थुनामै रहरे मुद्दा लड्नुपर्ने भएको जानकारी दिएका छन । उनले भनेका छन ‘रौतहट जिल्ला अदालतको आदेश उच्च अदालत अस्थाइ इजलाश बिरगञ्जबाट सदर । आलामले अब थुनामै रहेर पुर्पक्षको न्यायीक कार्बाही बाट अगाडि जानु पर्ने।’

फाइल फोटो ।

जिल्ला अदालत राैतहतले यसअघि आलमले अदालतमा पेस गरेकाे प्रारम्भिक प्रमाणका आधारमा निर्दोष रहेको ठहर नभएकाले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको दिएको थियो । सरकारी वकिलको कार्यालय, रौतहटले आलमलाई ४५ वर्ष कैद सजायको माग गरेको थियो ।

आलमलाई त्रिलोकीप्रता प सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।

आलम लगायत बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले  मुद्दा दायर गरेको थियो । त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ।

पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति : 19:25