२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

ज-जसबारे प्रश्न उठेको छ, ऊ-ऊसलाई कानुनी दायरामा ल्याउन दबाब दिउँ : नेता न्याैपाने

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले ललिता निवास जग्गा प्रकरणमा ज-जसबारे प्रश्न उठेको छ, उ-उसलाई कानूनी दायरामा ल्याउन दबाब दिने प्रस्ताव गरेका छन । नेपाली कांग्रेसलाइ सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव दिँदै न्याैपानेले दोषी देखिने सबैलाइ कारबाही हुनुपर्ने माग गरेका छन ।

विजय गच्छेदारको बारेमा हतारिएर सडक र सदनमा अान्दोलित बनेको कांग्रेसलाइ सम्झाउँदै उनले भनेका छन्,‘ नेपाली कांग्रेस प्रतिपक्षमा भएकै आधारमा वा सरकारको विरोध गर्ने मात्र नाममा भ्रष्टाचार जस्तो राष्ट्रिय रोगलाई समेत जोगाउने गरी सडकमा जाने कुरो सही हुँदैन। बरु बाँकी ज-जसबारे प्रश्न उठेको छ, उ-उसलाई कानूनी दायरामा ल्याउनको लागि दवाव दिँदा सहि हुनेछ।’

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा नेता न्यौपानेले लेखेको स्टाटस तल जस्ताको त्यस्तै पढ्न सक्नुहुन्छ

#कम्युनिस्ट र कांग्रेसमा फरक
#मूर्त बिसय/तथ्य नहुंदा नहुंदै पनि हामी कम्युनिस्टहरुको जीवन भड्किलो भयो । सम्पत्तिको लोभ अच्चकाली भयो । सम्पित्तिकै लोभको कारण हामीले वर्ग धरातल विर्सियौं । यसको स्रोत भ्रष्टाचार/कमिसन हो भनेर जनस्तरमा कुरा उठ्न थाल्यो । कम्युनिस्ट भएर छाती खुलाएर हिंड्न पनि लाज हुन थाल्यो भनेर केन्द्रीय समितिमा वहस हुन्छ, सम्पत्ति छानविन समिति बन्छ र राजनीतिलाई पारदर्शी बनाउने कुरा अधि बढ्छ तर कांग्रेसीहरु भ्रष्टाचारीलाई छुन पाइदैन भन्दै सडकमा छाती फुकाएर हिंड्ने निर्णय पो गर्न थाले त वा।

#राज्य (ठ्याक्कै सरकार होइन) को संवैधानिक निकायले छानविन गरेर अदालतमा मुद्दा दर्ता गर्ने र अन्तिम निर्णय अदालतले गर्ने विषयप्रति नै विमति हो भने प्रजातन्त्रको सुन्दर पक्ष शक्ति पृथकीकरण भनेर किन भन्ने/मान्ने त ? हामीले त प्रष्ट भन्यौ नि मुद्दा अदालतमा पुगिसकेपछि बाहिरबाट सही र गलत भनेर वहस गर्नु बेकार हुन्छ ।

जे निर्णय अदालतले गर्छ त्यही निर्णय स्वीकार्ने भन्ने हाम्रो आजको बझाई भएर नै केही समय अघि हाम्रा नेतालाई षड्यन्त्रपूर्ण ढंगबाट फसाउँदा समेत हामी सडक वा सार्वजनिक वहसमा उत्रिएनौं । यो कुरो कम्युनिस्टबाट कांग्रेसले सक्निु पर्दैन ? अनि कांग्रेस प्रतिपक्षमा भएकै आधारमा वा सरकारको विरोध गर्ने मात्र नाममा भ्रष्टाचार जस्तो राष्ट्रिय रोगलाई समेत जोगाउने गरी सडकमा जाने कुरो किमार्थ सही हुंदैन । बरु बाँकी ज-जसबारे प्रश्न उठेको छ, उ-उसलाई कानूनी दायरामा ल्याउनको लागि दवाव दिने कुरो पो सही होला नी ?

प्रकाशित मिति : February 6, 2020 at 10:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/