अख्तियारले विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीलाई दोषी नदेख्नु हास्यास्पद : नेता थापा
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ललिता निवास जग्गा प्रकरणमा अख्तियारलले नेकपा महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीलाई दोषी नदेख्नु हास्यास्पद र पूर्वाग्रहपूर्ण भएको बताएका छन । आफ्नो नाममा आएको ललिता निवास अन्तर्गतको जग्गा सरकारलाई छाडिदिन मन्जुर गरेको भन्दै अख्तियारलले जे निर्णय गरेको छ त्यो गलत हो, नेता थापाले भने ।

उनले मन्त्रिपरिषद्को निर्णयको नाममा तत्कालीन प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिइनु दूरासयपूर्ण भएको बताए । नेता थापाले ट्वीटरमार्फत सार्वजनिक सम्पत्ति बदनियतपूर्ण रुपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्ने जिकिर गरेका छन । उनले भनेका छन ‘यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न गराउन निर्देशन दिने तत्कालिन प्रधानमन्त्री र संलग्न अन्य अधिकारी उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्।’
नेता थापाले ट्वीट मार्फत सार्वजनिक गरेको धारणा तल जस्ताको त्यस्तै पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : 22:05









