राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको गणतन्त्र स्मारक भत्काउन माधव नेपालको प्रस्ताव
२२ माघ, काठमाडाैँ । ४५ करोडमा बनेको गणतन्त्र स्मारक भत्काउन नेकपाका वरिष्ठ नेता माधव नेपालको प्रस्ताव गरेका छन । पुर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेको स्मारक भत्काउन प्रस्ताव गरेका हुन ।

बुधबार सिंहदरबारमा भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले स्मारक भत्काउनुको विकल्प नभएको तर्क गरे । उनले नारायणहिटी दरबार परिसरभित्र गणतन्त्र स्मारक नसुहाउने बताए । उनले त्यहाँस्मारक बनाउनु गलत भएको बताएका छन । राष्ट्रपति भण्डारीले उद्घाटन गरे पनि स्मारक खुला गरिएको छैन ।
प्रकाशित मिति : 12:33









