२१ पुष २०८१, आईतवार | Sun Jan 5 2025

देउवाको गुट छाडेपछि राष्ट्रवादी बने कर्ण मल्ल, कालापानी फिर्ता गराउन संसदमा प्रस्ताव दर्ता

२२ माघ, कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार नेपाली कांग्रेसका सांसद कर्ण मल्ल लगायतले सङ्कल्प प्रस्ताव दर्ता गरेका छन । काग्रेसभित्र शेरबहादुर देउवाको गुट छाडेका उनले पछिल्लो समय पार्टी जीवनका लागि महत्वपूर्ण सक्रियता देखाइरहेका छन ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो ।

भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त सङ्कल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन सङ्कल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०८:४४