१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

नुवाकोटको किस्पाङमा नेकपाको ७१ सदस्यीय गाउँ कमिटी गठन (सदस्यहरूको सूचीसहित)

१९ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटीको निर्देशन अनुसार किस्पाङ गाउँ कमिटीले समायोजन सकेको छ । ७१ सदस्यी कमिटी गठन गर्दैे नेकपा किस्पाङले अाफ्नो एकतालाइ पूर्णता दिएको हो । नेकपाले किस्पाङ गाउपालिकाको अध्यक्षमा बिरबल तामाङ र सचिवमा नेत्र प्रसाद भट्टलाई यसअघि नै जिम्मेवारी दिएको थियो ।

नेकपा किस्पाङले पौष २४ गते नै इन्चार्ज अर्जुनप्रसाद न्यौपाने, सह-इन्चार्ज श्रीमाया लामा र जिल्ला कमिटि सदस्य नन्दराम न्यौपानेको विशेष उपस्थितिमा ७१ सदस्यी कमिटी र वडा कमिटीका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो । तर कमिटीको सूची भने ढिलामात्रै सार्वजनिक गरेको छ । शनिबार दैनिकीले प्राप्त गरेको सूचीमा पाँच वटा वडा कमिटीको अध्यक्ष र सचिवको समेत टुंगो लगाइकएो छ ।

तस्बीरमा इन्चार्ज अर्जुनप्रसाद न्याैपाने र अध्यक्ष बिरबल तामाङ ।

किस्पाङ गाउँकमिटीका अध्यक्ष बिरबल तामाङका अनुसार एकतको प्रतिवेदन जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण खतिवडालाइ संयुक्त रूपमा हस्तान्तरण गरिसकेको छ । तर जिल्लाले अहिलेसम्म कमिटीको अनुमोदन गरेको छैन । यद्यपी नुवाकोटका १२ स्थानीय तहमध्ये किस्पाङ गाउँपालिका कमिटीलाइ नुमना बनाउने घोषणा अध्यक्ष तामाङले गरेका छन । सदस्यहरूको सूची तल उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 22:01