१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सांसद महतकाे प्रश्नः छाउगोठका नाममा घर भत्काइयो, अब बस दुर्घटनामा मान्छे मर्दा बसमा आगो लगाउने ?

१७ माघ, काठमाडाैँ । सत्तारूढ नेकपाका सांसद गजेन्द्रबहादुर महतले छाउगोठको नाममा घर भत्काइएको भन्दै आक्राेस पाेखेका छन् । जुम्लाका सांसद महतले प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयले काम नपाएको समेत बताए।

महतले भने, ‘अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ। छाउगोठको नाममा हाम्रो घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिँड्ने।’ हजारौं मान्छेको बस दुर्घटनामा मृत्यु हुन्छ ‘के बसमा आगो लगाउँदै हिँड्ने?’ भन्दै प्रश्न गरे।

महत भन्छन् , ‘चाहिँदो काम गर्नुपर्‍यो नि। जिल्लामा नुन बेचिएको छ। औषधि बेचिएको छ। भ्रष्टाचार भएको छ। पुलको बेहाल छ। बाटोको बेहाल छ। ठेकेदार कहाँ छ थाहा छैन’, ‘तिनलाई पक्डिएर कारबाही गर्नु पर्दैन ? स्कुलको अवस्था के छ। अस्पतालको अवस्था के छ ? हिजो गोर्खाली सेनाको नाममा भत्काइयो। अहिले छाउगोठको नाममा भत्काइयो। गृह मन्त्रालय कहाँ छ, काम पाएको छैन यसले।’

प्रकाशित मिति : January 31, 2020 at 1:10 pm