जनताको सुखी जीवन सहिदको मार्गदर्शन : प्रधानमन्त्री ओली
१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर सहिदले देखाएको मार्गदर्शन भएको उल्लेख गरेका छन् ।
सहिद दिवस ०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा सहिदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरेका छन् ।

जहानियाँ राणा शासनविरुद्धको संघर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए । बलिदानको त्यही गाथालाई सहिद सप्ताहका रुपमा मनाउने गरिएको छ । सोही संघर्षको भावभूमिबाट जनसंघर्षको ज्वार उठेर २००७ सालमा एक सय चारवर्षे लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो । –रासस
दिवसमा सम्झिँदै सहिद
सानातिना मतभेद बिर्सौं, सहिदका सपना साकार पारौं : कांग्रेस सभापति देउवा
नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा अग्रसर छौं : प्रधानमन्त्री ओली
प्रकाशित मिति : 08:51







