१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छुः डा तुम्बाहाम्फे

१३ माघ, चरिकोट । पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताउनुभएको छ । दोलखा आउनुभएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताउनुभयो ।

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 20:32