राष्ट्रपति भण्डारीका सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा
१० माघ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार पेस गरेका हुन् ।

प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए। मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
प्रकाशित मिति : 14:26









