१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

हत्या आरोपी सापकोटालाई सभामुख नबनाइ पक्राउ गर्न माग गर्दै कांग्रेस नेता त्रिपाठी सर्वोच्चमा

१० माघ, काठमाडौँ । सभामुखमा उम्मेदवारी दिने आँट नगरेको नेपाली कांग्रेसका एक जना नेता भने अग्नि सापकोटालाई सभामुख नबनाउन मागसहित सर्वोच्च अदालत पुगेको छ । प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेर पराजित भएका अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाइ सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालटमा रिट दायर गरेका हुन ।

त्रिपाठीले सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै शुक्रबार रिट हालेका हुन्। उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ ।

प्रतिनिधिसभाको सभामुखका लागि माघ ७ गते उम्मेदवारी दर्ता थियो। सभामुखमा सापकोटाकोमात्र उम्मेदवारी परेपछि उनलाई आइतबार नै सभामुख निर्वाचन भएको घोषणा गरिदैछ । उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ।

 

प्रकाशित मिति : 13:20