३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सांसद दीपक मनाङ्गेविरुद्ध पक्राउ पुर्जी जारी

९ माघ, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका गण्डकी प्रदेस सभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ। मिलनले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए।

जिल्ला अदालत कास्कीले बिहीबार मनाङ्गेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। कास्कीमा शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनका दिन मंगलबार मनाङ्गेले मिलनलाई हातपात गरेका थिए। र आफूले मिलनलाई झापड हानेर ठिक गरेको मनाङ्गेले पत्रकार सम्मेलन गरेर बताएका थिए।

प्रकाशित मिति : January 23, 2020 at 3:59 pm