१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

महिला आयोगमा तत्काल पदाधिकारी नियुक्ति गर्न सरकारसँग अन्तर पार्टी महिला सञ्जालको माग

८ माघ, काठमाडौँ । अन्तर पार्टी महिला सञ्जालले राष्ट्रिय महिला आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा तत्काल पदाधिकारी नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलसँग मंगलरबार मन्त्रालयमै पुगेर अन्तर पार्टी महिला सञ्जालका नेतृहरूले महत्वपूर्ण आयोगको पूर्णतामा सरकारले ध्यान दिनुपर्ने बताए । अध्यक्ष निलम केसीको नेतृत्वमा गएका उनीहरूले  आधा जनसंंख्याको प्रतिनिधित्व गर्ने महिला आयोग नै लामो समय पदाधिकारीबिहीन हुन दुखद् कुरा भन्दै राज्यका हरेक निकायमा समानुपातिक र समावेशी सहभागिता हुने छ भन्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग गरे ।

महिला नेतृहरूको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले साझा सवालको विषय उठाएको धन्यवाद दिँदै यो विषय प्रधानमन्त्रीलाइ पनि जाहेर गर्ने बताए । पोखरेलले संवैधानिक प्रावधानहरू कार्यान्वयनमा अघि बढ्न सरकार कुनै समस्या नरहेको बताए । उपप्रधानमन्त्री पोखरेलले  संविधान र कानुनमा प्रवन्ध गरेरमात्र नपुग्ने भन्दै सरकारले व्यवहारिक कार्यान्वयनका लागि संरचना निर्माणको काम गरिरहेको बताए । यस्ता विषय सामाजिक र सांस्कृतिक चेतनाको अभियानका रूपमा यस्ता एजेण्डा अघि बढाउनुपर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले सबैको सहयोगको अपेक्षा पनि गरे ।

प्रकाशित मिति : 09:28