प्रधानमन्त्री ओलीले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
७ माघ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एकपटक नेपाल भ्रमणको निम्तो पाएका छन । विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा प्रधानमन्त्रीक केपी शर्मा ओलीले मोदीलाइ नेपाल भ्रमणको निम्तो दिएका हुन । ओलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिएका हुन् ।

ओलीले दुई देशबीच थाती रहेका सबै विषय सम्वादबाट हल गर्नेमा जोड दिँदै मोदीको आगामी भ्रमणका क्रममा दुई देशको सम्बन्धमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै अझ अगाडि बढाउने अवसर पाउने अपेक्षा समेत व्यक्त गरे
प्रकाशित मिति : January 21, 2020 at 11:59 am









