जाहेरीका आधारमा महराको सभामुख गुम्ने तर हत्या आरोपी सापकोटा कसरी योग्य ? अध्यक्ष लोहनी
७ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले न्यायको प्रश्न गरेका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत डा लोहनीले नेकपासँग प्रश्न गरेका छन । उनले जाहेरी दरखास्तकै आधारमा कृष्णबहादुर महराले सभामुखमा अयोग्य भएर राजिनामा दिनुपरेको सन्दर्भ उल्लेख गर्दै काभ्रेको अर्जुना लामाको हत्याको आरोपमा अदालतमा मुद्दा विचाराधिन भएका अभियुक्त अग्नि सापकोटा कसरी सभामुखमा योग्य ठहरिन्छन भन्दै प्रश्न गरेका छन । उनले यो प्रश्न व्यक्तिको नभइ न्यायएको भएको पनि बताएका छन ।

डा लोहनीले भनेका छन, ‘जाहेरी दरखास्त को आधार मा कृष्ण बहादुर महरा पद मा बस्न अयोग्य ठहरिने तर हत्या को उजुरी परेको र यस बारे अदालत मा पेसी हुने भएको सापकोटा जी सभामुख हुन कसरि योग्य ठहरिने ? यो व्यक्ति को कुरो होइन न्याय को प्रस्न हो।’

प्रकाशित मिति : January 21, 2020 at 11:37 am









