२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

२४ वैशाख, बझाङ । खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा डिक्लीगाड खोलाले उनीहरुलाई बगाएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 7, 2018 at 8:55 am