सभामुख निर्वाचनको मिति माघ १२ मा तोक्दै प्रतिनिधिसभा बैठक स्थगित
६ माघ, काठमाडौँ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक सभामुखको निर्वाचन मिति तय गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो ।

बैठकको अध्यक्षता गरेका ठाकुरले शुरुमा उपसभामुख शिबमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।त्यसपछि उनले माघ १२ गते सभामुख पदको निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गर्न संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलाई निर्देशन दिए ।
बैठकको अध्यक्षता गरेका ठाकुरले प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते दिनको ३ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको घोषणा गरे ।
प्रकाशित मिति : January 20, 2020 at 4:11 pm









