प्रधानमन्त्री ओली शल्यक्रियापछि पहिलो पटक बालुवाटार बाहिरको कार्यक्रममा सहभागी
६ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पहिलो पटक बालुवाटार बाहिरकाे सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओली सोमवार बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका हुन् ।

प्रधानमन्त्री ओली मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका थिएनन् ।
प्रकाशित मिति : 14:41









