१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

उपसभामुख शिवमाया तुम्बाहाफेले दिइन् राजीनामा

६ माघ, काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको उपसभामुख तुम्बाहाफेले घोषणा गरिन् ।


आजको बैठकमा सम्बोधन गर्दै उहाँले बहुमत प्राप्त दलले सभामुख दावा गरेको अवस्थामा आफ्नो धरातल बिर्सन हुन्न भन्ने मान्यताका साथ मार्गप्रशस्त गर्ने निर्णय लिएको जानकारी गराइन

‘दलको निर्देशनमा होइन, संबिधानअनुसार निर्देशित हुन्छ, तर आफ्ना जराहरु बिर्सनु हुन्न, धरातल बिर्सनु हुन्न भन्नेमा पनि म सचेत छु । बहुमत पाप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्थामा संबिधानले एउटै दलले दुवै पद लिन नमिल्ने संबैधानिक ब्यवस्थाअनुसार मैले सहजीकरण गर्नु आवश्यक भएको छ । यसै अनुसार मैले मार्ग प्रश्स्त गर्ने निश्कर्षमा पुगेको जानकारी गराउन चाहन्छु,’ उपसभामुख तुम्बाहाम्फेले भनिन् । राजीनामाको घोषणासँगै आज ४ बजेसम्मका लागि बैठक स्थगित गरिन् । अव उनले लिखित राजीनामा दिनेछिन् ।

उनले आफूले राजीनामा दिएपनि पुरानो अडानमा र मान्यतामा दृढ रहेर अघि बढने घोषणा पनि गिन् । ‘मेरो धारणा महत्वकांक्षा र अनुचित थिएनन भन्नेमा म दृढ छु । निर्णय र सार्वजनिक जवाफदेहीताको बिषयमा सवै सचेत हुनुपर्छ भन्नेमा म दृढ छु,’ उनले भनिन् ।

प्रकाशित मिति : 13:47