१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

चट्टानी अडान विसर्जन गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा आज

६ माघ, काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो चट्टानी अडान बिसर्जन गर्दै आज राजिनामा दिँदैछिन । झण्डै एक महिनादेखि राजिनामा नदिने अडान र राजिनामा माग्ने तपाइहरूको हैसयत के भनेर नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाइ प्रश्न गरेर चर्चित बनिरहेकी तुम्बाहाङ्फे आज भने राजिनामा दिँदैछिन ।

नेकपाले सभामुखमा काभ्रेका अर्जुन लामाका हत्या आरोपी अग्नि सापकोटालाइ उम्मेदवार बनाउने निर्णय गरेकाले उनले उपसभामुखबाट राजिनामा दिन लगेकी हुन । उनले सोमबारको प्रतिनिधिसभा बैठक अघि राजिनामा दिने बताइएको छ । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक सोमबार बस्दै छ । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ ।

यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भएको थियो ।प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो । दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको छ ।

प्रकाशित मिति : 08:34