प्रदेश १ सरकारले थप्याे ४ राज्यमन्त्री
५ माघ, विराटनगर । प्रदेश १ सरकारले ४ राज्यमन्त्री थपेकाे छ । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले ४ राज्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री राईले झापाकी जसमाया गजमेर, इलामका रामबहादुर मगर, मोरङका विजयकुमार विश्वास र ओखलढुंगाका अम्बिर गुरुङलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

७ वटा मन्त्रालय भएकाे प्रदेश १ मा सरकार गठन भएको २ वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेका छैनन् । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।
प्रकाशित मिति : 16:27









