३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ

५ माघ, डोटी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताउनुभएको छ । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुग्नुभएका उहाँले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भन्नुभयो, “छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?”

उहाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।” एमसीसीबारे बहस हुनु राम्रो भए पनि विवाद देखाउनु अनुचित भएको उहाँको भनाइ थियो । मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम जानुभएको छ । उहाँको साथमा सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।

प्रकाशित मिति : January 19, 2020 at 3:21 pm