सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्लामा विरोधपत्र बुझाउँदै कांग्रेस
५ माघ, काठमाडाैँ । सूचना प्रविधि विधेयकको विरोधमा नेपाली काङ्ग्रेसले आज देशैभरिको जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने तयारी गरेको छ । कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गइ प्रमुख जिल्ला अधिकारी मार्फत बिधेयक सच्याउन सरकारसँग माग गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, विधेयकका कतिपय प्रावधान सविधानको मर्मको प्रतिकुल हुने र नागरिकको मौलिक अधिकार हनन हुने दाबी गरेको छ । पुस १७ को कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सविधानप्रदत्त नागरिक अधिकार कुण्ठित बनाउने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति : 09:26









