नेकपाका नेता खड्काको २२ पानाको सुसाइड नोट, बैंकको ऋण तिर्न नसकेपछि आत्महत्याको गरेँ
३ माघ, बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले ऋण तिर्न नसकेपछि भारतमा गएर आत्महत्या गरेको खुलासा भएको छ । नेकपाका नगर अध्यक्ष बसन्ती अधिकारीका अनुसार वडा अध्यक्ष खड्काले विष सेवन गरी आत्महत्या गरेका हुन ।
घटनास्थलमै पुगेकी उनले बैंकको ऋण तिर्न नसकेपछि मृत्यको बाटो रोजेको सुसाइड नोटमा उल्लेख गरेको बताइन । मृतक खड्काले २२ पानाको लामो सुसाइट नोटमा आफ्ना शुभचिन्तक सम्झँदै परिवार, वडा, जनता र समाजको लागि सोचे अनुकुल योगदान गर्न नसकेको पनि उल्लेख गरेका छन ।

वडाध्यक्ष खड्काले बैंकबाट घर धितो राखेको खुलेको छ। घर लिलामी गर्नभन्दा पनि बैंकले प्रक्रिया अघि नबढाएपछि उनले आत्महत्या रोजेका हुन । उनी त्यही ऋणका कारण नगरसभाको बैठकमा समेत सभागी नभए आत्महत्याका लागि भारत पुगेको अनुसन्धानबाट खुलेको छ। तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जित्नुभएका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 18:21









