२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

अनेरास्ववियूले ‘हाम्रो स्कुल राम्रो स्कुल’अभियान सञ्चालन गर्ने

३ माघ, काठमाडाैँ । अनेरास्ववियुले ‘हाम्रो स्कुल राम्रो स्कुल’ अभियान सञ्चालन गर्ने भएको छ । अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको एकतापछि बनेको अनेरास्ववियूको पहिलो बैठकले विद्यालय शिक्षालाई प्रभावकारी बनाउन विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सार्वजनिक शिक्षाको सबलीकरणबिना शिक्षाले परिणममुखी नतिजा दिननसक्ने अनेरास्ववियूको ठहर छ । अनेरास्ववियूका नेता आरसी लामिछानेले शैक्षिक विकासबिना राष्ट्रको विकास सम्भव नरहेको भन्दै विद्यालय शिक्षाको सुधारका लागि अनेरास्ववियूले अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

“विद्यालय शिक्षा उच्च शिक्षाको जग हो”, उहाँले भन्नुभयो, “विद्यालय शिक्षालाई मजबुत बनाउन नसकेसम्म उच्चशिक्षा सबल बन्न सक्दैन ।” उहाँले भौतिक विकासलाई मात्र विकास सम्झने मानसिकता नहटाएसम्म समग्र विकासले गति लिन नसक्ने बताउनुभयो । “हामी राजनीतिक लडाइँको अन्त्य गरी अब आर्थिक क्रान्तिमा होमिएका छौँ”, उहाँले भन्नुभयो, “शिक्षा सबै क्षेत्रलाई व्यवस्थित गर्ने माध्यम हो, यसको विकास अपरिहार्य छ ।”

प्रकाशित मिति : January 17, 2020 at 3:29 pm