१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

कांग्रेस संसदीय दलको बैठक : सभामुख चयनको विवादबारे छलफल हुने

३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख चयनको विवादबारे आज छलफल गर्दै छ । यसका लागि कांग्रेस संसदीय दलको बैठक आज दिउँसो साढे १ बजे बस्ने भएको छ ।

कांग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसदबारे छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

खाँडका अनुसार बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ ।

“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाशीघ्र सञ्चालन गर्न प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ,” उनले भने ।

सभामुख टुंग्याउँदै नेकपा : ओली–प्रचण्ड छलफलमा

प्रकाशित मिति : 07:56