नेपालका लागि नयाँ भारतीय राजदूतमा विनयमोहन क्वात्रा, फेब्रुअरीदेखि पद सम्हाल्ने
२ माघ, काठमाडौं । भारतले नेपालका लागि राजदूतमा विनयमोहन क्वात्रालाई पठाउने तयारी गरेको छ । उनी अहिले फ्रान्सका लागि भारतीय राजदूत छन् । मन्जिभसिंह पुरीको कार्यकाल गत डिसेम्बरमा सकिएपछि भारतले क्वात्रालाई नयाँ राजदूतका रुपमा पठाउने भएको हो ।
क्वात्रा ३० वर्षदेखि भारतीय विदेश सेवामा कार्यरत छन् । यसअघि उनले प्रधानमन्त्री कार्यालयमा सहसचिवको जिम्मेवारी सम्हालेका थिए भने उनले विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान विभागको जिम्मेवारी पनि लिएका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्राको एग्रिमोका लागि भारतले प्रस्ताव पठाइसकेको छ । तर एग्रिमो भने पठाइसकिएको छैन । क्वात्राले आगामी फेब्रुअरीदेखि नेपालका लागि भारतीय राजदूतको पद सम्हाल्नेछन् ।

प्रकाशित मिति : 06:53







