राष्ट्रिय एकता थप सुदृढ होस् : राष्ट्रपति भण्डारी
१ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघे संक्रान्तिजस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।
मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकी छन् ।
माघीका अवसरमा उनले दिएको सन्देशमा भनिएको छ, ‘हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पुर्याएको मैले विश्वास लिएको छु ।’ माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत धूमधामसँग मनाउने गर्छन् ।

प्रकाशित मिति : 09:14







