९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

सिडिण्केट अन्त्यको बिरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्री ओलीको आग्रह

२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राम्रो कामको बिरोध नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन ।

आइतबार एमाले संसदीय दलको बैठकमा बोल्दै नेता ओलीले नेपाली कांग्रेसले सिण्डिकेटको अन्त्य गर्ने काममा विज्ञप्ति नै जारी गरेर बिरोध जनाएको तर्फ संकेत गर्दै भने ‘कसैले भ्रम नपाले हुन्छ हामी विपक्षीसँग असहिष्णु होइन असाध्यै नरम हुन्छौं ।

फाइल फोटो ।

अब चुनाव आइहालेको पनि छैन । बरु विपक्षीले पनि राम्रा कामको समर्थन र सहयोग गरोस् । राम्रा कामको पनि विरोध गर्दा थ्रोएट प्रोब्लेम (घाँटीको समस्या) मात्र हुन्छ ।’ उनले विपक्षलाई विरोधका नाममा बिरोध नगर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले आफू प्रतिपक्षप्रति आक्रामक नबन्ने समेत प्रष्ट पारे ।

अब ५ वर्षसम्म अर्को चुनाव पनि नहुने र स्थिर सरकार भएकाले विपक्षलाई प्रहार गर्ने वा आक्रामक बन्नुपर्ने आवश्यकता नरहेको उनले बताए । यसअघि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले  विज्ञप्ति मार्फत  सिण्डकेट अन्त्यकाे  बिरोध गरेकाे थियो ।

 हेर्नुहोस कांग्रेसको विज्ञप्ति

प्रकाशित मिति : May 6, 2018 at 5:03 pm