१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

पृथ्वीनारायण शाहको योगदान सम्झँदै, झापाका २ स्थानीय तहमा सार्वजनिक बिदा

२७ पुस, काठमाडौं आज पृथ्वी जयन्ती तथा एकता दिवस । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा उनको योगदानको चर्चा गर्दै विविध कार्यक्रम आयोजना गरिएका छन् ।

गोरखामा विसं १७७९ मा जन्मिएका पृथ्वीनारायणले बाईसे-चौबीसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । उनी ७ महिनामै तन्त्रविधिबाट जन्मिएको इतिहास छ ।

फाइल तस्बिर ।

नेपालको भौगोलिक एकीकरण गरी महत्त्वपूर्ण योगदान दिएका पृथ्वीनारायणको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनुपर्ने माग हुन थालेको छ ।

यसैबीच झापाको दुई स्थानीय तहले भने पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएका हुन् ।

आइतबार सार्वजनिक बिदा

प्रकाशित मिति : 08:20