‘पत्रकारहरू विरेन्द्र साह र डेकेन्द्र थापा प्रचण्डको आदेशमा मारिएका थिए’
२० पुस, काठमाडौँ । सशस्त्र द्धन्द्धको समयमा मारिएका पत्रकारहरू विरेन्द्र साह र डेकेन्द्र थापा बारे नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत रहेका नेपाली कांग्रेसका नेता तारानाथ दाहालले नयाँ रहस्य खोलेका छन । एपिवान टेलिभिजनको एपिसेन्टरमा पत्रकार टिकाराम यात्रीसँगको बहसमा पत्रकारहरूले बालुवाटारमा प्रचण्डसँग सपथ खाएको विषयमा बहसका क्रममा दाहालले पत्रकारहरू विरेन्द्र साह र डेकेन्द्र थापा प्रचण्डको आदेशमा मारिएको बताएका छन ।

बालुवाटारमा पत्रकारले पार्टी अध्यक्षबाट सपथ खाएको विषयको २ पाटाको विषमा कुरा गर्दै विगतमा प्रचण्डकै आदेशमा मारिएका पत्रकार सम्मानको प्रतिकले उनैले अन्य पत्रकारलाइ सम्मान गर्नु पत्रकारिताको एउटा विजयको विषय भएको बताए । उनले भनेका छन ‘मलाइ त खुशी पनि लागेको छ । विरेन्द्र साह र डेकेन्द्र थापाको नामका पुरस्कारहरू पुष्पकमल दाहालबाट हस्तान्तरण भयो । पत्रकारिताका लागि यो त एउटा ठूलो विजय हो । जसलाइ उहाँको आदेशमा मारिएको थियो । तीनै पत्रकारहरूलाइ उहाँले सम्मानित प्रतिक मानेर कसैलाइ पुरस्कृत गर्नुभयो ।’ दाहालले प्रचण्डबारे दिएको अभिव्यक्ति ५१ मिनेट ४३ सेकेन्डमा सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : 20:54









