१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

जनअपेक्षा विफल हुन दिन्नौँ : प्रधानमन्त्री ओली

१६ पुस, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पारेका छन् । उनले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा एक सन्देश दिँदै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

ओलीले सन्देशमा भनेका छन्, “अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्नेछ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।”

उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भनेका छन्, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको छ ।”

प्रकाशित मिति : 06:34