२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

३७ उपसचिवलाई सहसचिवमा बढुवा

११ पुस, काठमाडौं सरकारले ३७ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । लोकसेवा आयोगले कार्यक्षमता मूल्यांकनका आधारमा गरेको सिफारिसका आधारमा उनीहरुको बढुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बढुवा हुनेमा सुरेशप्रसाद नेपाल, भेषबहादुर कार्की, वैकुण्ठनिधि शर्मा, ध्रुवकुमार पोखरेल, भीमसेन तिमिल्सिना, शान्ता भट्टराई (अधिकारी), ध्रुव गैंडा, कृष्णप्रसाद पराजुली, शैलजा रेग्मी भट्टराई, सरोजप्रसाद गुरागाई, बाबुराजा श्रेष्ठ, राजीव पोखरेल, शिवादेवी दाहाल, शम्भुप्रसाद मरासिनी, दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद विमली, ज्ञानप्रसाद ढकाल, शंकरहरि आचार्य छन् ।

यसैगरी सहसचिवमा बढुवा भएका अन्यमा ख्यामबहादुर थापा, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डेय, शंकर नेपाल, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, विदुरप्रसाद खनाल, कृष्णबहादुर बोहोरा, नरनाथ गिरी, कृष्णप्रसाद लम्साल, कोशहरि निरौला, ओमबहादुर खड्का, प्रदीपराज अधिकारी, अर्जुनकुमार शर्मा, हीरालाल रेग्मी, कविराज पौडेल, भूमिराम शर्मा र नरेशराज खरेल छन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल प्रशासन सेवामा झन्डै सय सहसचिव पद रिक्त छन् ।

प्रकाशित मिति : December 27, 2019 at 6:33 am