जिल्ला अदालतमा ७ न्यायाधीश सिफारिस
१८ मंसिर, काठमाडौं । न्याय परिषद्ले जिल्ला अदालतमा ७ न्यायाधीश सिफारिस गरेको छ । मंगलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो ।
परिषद्कै निर्णयअनुसार ५ न्यायाधीशको सरुवा भएको खबर गोरखापत्र दैनिकमा छ । निर्णयअनुसार उच्च अदालत तुलसीपुर इजलासमा कार्यरत रजिस्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरको न्यायाधीशमा सिफारिस भएका छन् ।

यस्तै सर्वोच्चका उपरजिस्ट्रार विद्याराज पौडेल रुकुम जिल्ला अदालतमा सिफारिस भएका छन् । सर्वोच्चकै उपरजिस्ट्रार महेन्द्रराज काफ्ले जिल्ला अदालत सोलुखुम्बुको न्यायाधीशमा सिफारिस भएका छन् ।
उच्च अदालत महेन्द्रनगर इजालासमा कार्यरत रजिस्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतमा सिफारिस भए । सर्वोच्चकै उपरजिस्ट्रार इन्दिरा शर्मा जिल्ला अदालत झापाको न्यायाधीशमा सिफारिस भइन् । सर्वोच्चमै कार्यरत मनकुमारी जीएम (विक) बाँके जिल्ला अदालतको न्यायाधीश र उपरजिस्ट्रार रीताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
निर्णयअनुसार जिल्ला अदालत भोजपुरमा कार्यरत खिलनाथ रेग्मीको बारा जिल्ला अदालतमा सरुवा भएको छ । यस्तै सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुर जिल्ला अदालतका अम्बिकाप्रसाद निरौलाको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ । निर्णयअनुसार जिल्ला अदालत दोलखाका तेजबहादुर खड्काको मोरङ जिल्ला अदालत र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालतमा सरुवा भएको छ ।
प्रकाशित मिति : 07:16







