१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

उप-चुनाव : यातायातमन्त्री नेम्वाङले गरे मतदान

१४ मंसिर, पाँचथर भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उप-चुनावमा पाँचथरको फिदिम नगरपालिका १ मा आज बिहानै पुगेर मतदान गरेका छन् । रिक्त वडाध्यक्ष पदमा फिदिम १ मा उप-चुनाव भएको हो ।

उनले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपूर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए । ३ स्थानमा उप-चुनाव हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

फाल्गुनन्द गाउँपालिका प्रमुख, फिदिम नगरपालिका १ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका ७ को वडाध्यक्ष पदका लागि आज मतदान भइरहेको छ ।

निर्वाचनको सुरक्षार्थ करिब १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उप-चुनाव आज : ५२ पदका लागि मतदान जारी

प्रकाशित मिति : 11:21