प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरी सरकारी निवास बालुवाटार फिर्ता
८ मंसिर, काठमाडाैँ । नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि सरकारी निवास बालुवाटार फर्किएका छन । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अपरान्ह ग्राण्डी समयअघि अस्पताल गएका थिए ।

प्रधानमन्त्री स्वास्थ्य परीक्षणपछि केहीबेर अघि निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।यसअघि गत कात्तिक १४ गते सोही अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार गराएका थिए । प्रधानमन्त्रीले मिर्गाैला प्रत्यारोपणको तयारी गरेका छन ।

प्रकाशित मिति : 22:51









