आफूले खाएको थाल आफैँ पखाल्ने मन्त्री, सामाजिक सञ्चालमा भाइरल बन्यो तस्बीर
१६ कात्तिक, गुल्मी । नेपाली समाजमा ठूलो पद र ओहदामा पुगेका मानिसहरू सर्वसाधरणलाइ मान्छेको जस्तो व्यवहार गर्न समेत कन्जुस्याइँ गर्छन । उनीहरू नै कानुनलाइ नुन बनाएर तरकारीमा मिसाएर खान्छन न कुनै नियम मान्छन न त अनुशासित नै बन्छन । पदमा बसेकाहरूमा यो आम समस्या नै हो । तर यही भिडमा पनि केही राम्रा मान्छेहरू रहेका छन । जो नियम कानुनमात्र मान्दैनन् आफूलाइ अनुशासित रूपमा प्रस्तुत पनि गरिरहन्छन । यस्तैमा एक हुन वर्तमान सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ।

मन्त्री विष्ट हाल गृह जिल्ला गुल्मीको पाँच दिवस भ्रमणमा रहेका छन । जिल्लाको समग्र विकास निर्माणको स्थलगत अवलोकन, छलफल, अन्तरक्रिया, विभिन्न स्थानका स्वास्थ्यचौकी भवनहरुको उद्घाटन र जिल्लाका जनप्रतिनिधीरुसँगको भेटघाटका लगायत मन्त्री विष्टको मुख्य कार्यसूची रहेको छ । शनिबार बिहानैदेखि व्यस्त थिए विष्ट ।
स्थानीय पूर्वाधार विकास कार्यक्रम परामर्श समितिको वैठक, जिल्ला तथा स्थनीय तहका जनप्रतिनिधीहरुसँग अन्तरक्रिया र अगुवा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेका मन्त्री विष्टले शनिबार बिहान खाना खाएपछि आफ्नो थाल आफैँ पखाले । मन्त्री विष्टको यो तस्बीर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । हजाराैँले सेयर गरेका छन भने हजाराैँले प्रतिक्रिया पनि जनाएका छन । प्रतिक्रिया जनाउनेहरू अधिकांश भन्दा पनि बढीले विष्टको विगतको पृष्ठभूमि उल्लेख गर्दै प्रशंशा गरिरहेका छन ।

मन्त्री विष्टले आफूले खाएको थाल आफैँले धारामा गएर पखाल्न थालेपछि पत्रकारहरू फोटो फिच्न तम्सिए भने सर्वसाधरण र पार्टी कार्यकर्ताहरू दंग पर्दै हेरिरहे । मन्त्री विष्ट यसअघि पनि ट्राफिक नियम मान्ने मन्त्रीका रूपमा चर्चित थिए । उनी समाकालीन नेताको तुलनामा धेरै नै इमान्दार मानिन्छन । पारदर्शी व्यवहारका कारण जनताहरूले मन्त्री विष्टप्रति हेर्ने दृष्टिकोण समेत फरक रहेको छ ।
यो पनि पढ्नुहोस्
-ट्राफिक नियम मान्ने झण्डावाल गाडी, जसको भित्र हुन्छन श्रममन्त्री गोकर्ण विष्ट
प्रकाशित मिति : 21:40









