११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रेस कार्ड नभएका युट्युवरले हल्ला मच्चाएर घटनाकाे अनुसन्धान हुन दिएनन्ः सञ्चारमन्त्री बास्कोटा

५ भदाै, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रेस कार्ड सम्म नलिएका युट्युवरहरूले हल्ला मच्चाएर घटनाकाे अनुसन्धान हुन नदिएको बताएका छन् । सञ्चारमन्त्री बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको समेत बताएका हुन ।

सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भइरहेको कुरा आएको बताउँदै अदालतको फैसला ट्रायल हुने बताए । अनुसन्धानलाई प्रभावित हुने तरिकाले यो ठीक हो, यो बेठीक हो भन्ने काम सामाजिक सञ्जालको नभएको उनले बताएका छन् ।

सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको मन्त्री बास्कोटाले जानकारी दिए । उनले ठूला मिडिया हाउसमाथि पनि प्रश्न उठाउँदै मिडिया सामाजिक सञ्जालबाट प्रभावित भएर किन चल्दैछन् भनेर प्रश्न गरे । उनले नेपाली प्रेस जिम्मेवार, मर्यादित र भविष्यका लागि सबैभन्दा सचेत बन्नुपर्ने बताए । उनले मिडियालाई जिम्मेवार बनाउन आमसञ्चार बिधेयक र सामाजिक सञ्जाल नियमन गर्न फरक फरक बिधेयक ल्याएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : 18:30