नेकपा एकताका बाँकी काम अध्यक्ष प्रचण्डले टुंग्याउने
५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारार्थ सिंगापुर जानुपर्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी एकताका बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा टुंग्याउने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको अर्को बैठक प्रचण्डले छिट्टै डाक्ने बताए । पार्टी एकता प्रक्रियामा अब सांगठानिक एकताका केही कामहरू बाँकी रहेका छन् । लामो समय विवादमा रहेका विभागको नेतृत्व टुंगिएपछि सहज ढंगले अन्य एकता प्रक्रिया अघि बढ्ने ठानिएको छ ।
प्रधानमन्त्री ओलीको उपचारका लागि बिहीवार (आज) सिंगापुर प्रस्थान गर्ने तयारी छ । ओली सिंगापुरमा ८/१० दिन बस्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास संगठनको एकता घोषणा हुन बाँकी छ ।
प्रकाशित मिति : 13:36









