१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रधानमन्त्रीकाे उपचार खर्च सरकारले तिर्दैन उहाँकाे निजी हाे: मन्त्री बास्काेटा

१९ साउन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गाेकुल बास्काेटाले प्रधानमन्त्रीकाे उपचार खर्च उहाँ स्वयंले निजी रुपमा व्यहाेर्ने बताएका छन । अाइतबार सञ्चार मन्त्रालयमा सरकारकाे निर्णय सार्वजिनक गर्दै मन्त्री बास्काेटाले प्रधानमन्त्री केपी शर्मा अाेलीले सिंगापुरमा उपचार गर्दा लाग्ने सबै खर्च निजी हुने स्पष्ट पारे ।मन्त्री बास्काेटाले भ्रमणटाेलीका सरकारी कर्मचारीकाे खर्च र प्रधानमन्त्री र परिवारका सदस्यकाे यातायात खर्च सरकारले व्यहाेर्ने बताए । प्रधानमन्त्री अाेली उपचारका लागि शनिबार राति सिंगापुर प्रसथान गरेका छन भने अागामी शनिबार फर्कने कार्यक्रम रहेकाे छ ।

प्रकाशित मिति : 16:14