९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

सामसङ ग्यालेक्सी ए१७ फाइभजी २४ महिनाको किस्ताबन्दीमा किन्न पाइने

८ कात्तिक, काठमाडाैं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको किस्ताबन्दी सुविधामा उपलब्ध गराएको छ। ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर यो फोन किन्न सक्नेछन्।

कम्पनीका अनुसार पुरानो स्मार्टफोन साटेर नयाँ फोन किन्दा ग्राहकले ३ हजार रुपैयाँसम्मको अतिरिक्त छुटसमेत पाउनेछन्। यस सुविधाबाट फोन किन्दा सुरुमा तिर्नुपर्ने रकम शून्य प्रतिशतसम्म हुन सक्ने कम्पनीले जनाएको छ।

६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए१७ फाइभजीको मूल्य ४४ हजार ९९९ रुपैयाँ छ। यसलाई २४ महिनासम्म मासिक १ हजार २२१ रुपैयाँ किस्ता तिरेर किन्न सकिनेछ।

त्यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ४८ हजार ९९९ रुपैयाँ र मासिक किस्ता १ हजार ३३० रुपैयाँ छ। ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको मोडेलको मूल्य ५६ हजार ९९९ रुपैयाँ र मासिक किस्ता १ हजार ५४७ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : October 25, 2026 at 3:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/