२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

पहिलो विवाह लुकाएर ४९ वर्षमा किन दोस्रो विवाह गरे नायक गोबिन्दाले ?  यस्ताे रहेछ कारण

१५ साउन, काठमाडाैँ । बलिउडका चर्चित नायक गाेबिन्दाले पहिलो विवाह लुकाएर ४९ वर्षमा दोस्रो विवाह गरेकाे खुल्न अाएकाे छ ।  गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा पुगेर उनले आफ्नो विवाहबारे  खुलासा गरेका हुन्। केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए ।

आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिएा । उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए । गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेका थिए ।

प्रकाशित मिति : July 31, 2019 at 1:40 pm