२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

विप्लव समूहकी काठमाडौँ जिल्ला सेक्रेटरी तथा पूर्वसभासद् धिरेन्द्रा उपाध्याय पक्राउ

१४ साउन, काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ पक्राउ परेकी छन् । धिरेन्द्रालाई मंगलबार दिउँसो काठमाडाैँकाे बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिए। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ पूर्वसभासद् पनि हुन्।

सरकारले प्रतिबन्ध लगाएपछि ६ सय बढी विप्लव कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। केही दिन अघि मात्रै उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका थिए।

प्रकाशित मिति : July 30, 2019 at 7:50 pm